संघर्षका कार्यक्रम तय गर्न विपक्षी गठवन्धनले बनायो ४ सदस्यीय कार्यदल

सफल खबर संवाददाता

विहीबार, १० असार २०७८, ०८ : १६
संघर्षका कार्यक्रम तय गर्न विपक्षी गठवन्धनले बनायो ४ सदस्यीय कार्यदल

काठमाडौं । प्रधानमन्त्री केपी ओली र राष्ट«पति विद्यादेवी भण्डारीको मिलोमतोमा असंवैधानिक, अलोकतान्त्रिक ढंगले प्रतिनिधीसभा विघटन गरी चुनाव घोषणा गरेपछि विपक्षी काँग्रेस, माओवादी लगायतका ५ दलले संर्घषको कार्यक्रम घोषणा गर्ने तयारी गरेका छन् ।

ओली एकपछि अर्को गरी निरंकुश, स्वेच्छाचारी र जे मन लाग्यो त्यही गर्दै जान थालेपछि विपक्षी गठबन्धनले संर्घषका कार्यक्रम घोषणा गर्ने तयारी गरेका हुन् । त्यसका लागि कार्यक्रमको स्वरुप बनाउन कार्यदल समेत विपषी गठबन्धनले बनाएका छन् । कार्यदलमा पूर्णबहादुर खड्का, देव गुरुङ, राजेन्द्र श्रेष्ठ र भीम रावल रहेका छन् ।

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकन्ठमा बसेको विपक्षी गठबन्धनको ५ दलको बैठकले त्यस्तो कार्यदल गठन गरेका हुन् । ओली प्रवृतिका विरुद्ध देशब्यापी जनमत निर्माणमा लाग्नुपर्ने निश्कर्षका साथ विपक्षी कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र बाबुराम पक्ष, एमालेकै माधव नेपाल पक्ष र राष्टि«य जनमोर्चा गरी ५ दलीय गठबन्धनले त्यस्तो कार्यदल गठन गरेका हुन् ।

कार्यदलले कोभिडका बेलामा कस्ता संर्घषको कार्यक्रम घोषणा गर्दा ठिक होला भनेर आन्तरिक तयारी समेत शुरु गरिसकेका छन् । कोभिड १९ लाई पनि मध्यनजर गरेर विपक्षी गठबन्धनले ५० जना भन्दा कम मानिसहरुको उपस्थितीमा पनि सामाजिक दुरी कायम गरेर संर्घषका कार्यक्रम घोषणा गर्ने तयारी गरेका हुन् । 

देशभरी कालो झण्डा प्रर्दशन गर्ने, देशभरी प्रतिगमनकारीहरुको पुत्ला जलाउने, ५० भन्दा कम मानिसहरु बसेर प्लेकार्ड बोकेर प्रतिगमनका विरुद्ध प्रर्दशन गर्ने, सबै देशभरका राजमार्गमा साना–साना प्रदर्शन गर्ने, नाराबाजी गर्ने, मन्त्रीहरुलाई जिल्ला जिल्लामा बहिष्कार गर्ने  लगायतका संर्घषका कार्यक्रम गर्ने गरी तयारी गरेका छन् । जनपरिचालनका कार्यक्रमअन्तर्गत बिहीबार गठबन्धन सम्बद्ध विद्यार्थी संगठनले पनि विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस