सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङबाट पदबहाली

सोमबार, २६ चैत्र २०७४, १४ : २३
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङबाट पदबहाली

काठमाडौँ l सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भई आउनुभएका सचिव महेन्द्रमान गुरुङले आज पदबहाली गर्नुभएको छ । सरकारले केही दिनअघि गुरुङसँगै विभिन्न मन्त्रालयका ३० सचिवको सरुवा गरेको थियो । गुरुङ यसअघि प्रधानमन्त्री कार्यालयमा सचिव हुनुहुन्थ्यो ।
सचिव गुरुङलाई मन्त्रालयका कर्मचारी, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय समाचार समिति र रेडियो नेपाललगायत मन्त्रालयअन्तर्गतका निकायका प्रमुखहरुले स्वागत गर्नुभएको थियो । सचिव गुरूङले सुशासन कायम गर्दै आधुनिक प्रविधिको प्रयोगसँगै ढिकासुस्ती रोक्न निर्देशन दिनुभयो । अबको दुई÷तीन महिनामा जनताको पक्षमा परिणाम आउने गरी काम गर्नसमेत सचिव गुरुङले निर्देशन दिनुभयो । “संघीय ढाँचालाई अवमूल्यन नगरी काम गर्नुपर्छ र सोहीबमोजिम मन्त्रालयको पुनःसंरचना र कानून परिमार्जन गर्नुपर्छ, नीति तथा कार्यक्रम बनाउनुपर्छ”, सचिव गुरुङले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस