चुडामणि शर्मासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सफल खबर संवाददाता

बुधबार, ०९ असार २०७८, १५ : ०१
चुडामणि शर्मासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

आयोगले उनीहरुमाथि कानुनविपरीत कर छुट दिइएको आरोप लगाएको छ।  आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार शर्मासहित तत्कालीन कर फर्छ्योट आयोगका पदाधिकारीविरुद्ध एक अर्ब ३३ लाख २० हजार ३ सय ८५ रुपैयाँ बराबरको मुद्दा दायर भएको हो। 

प्रतिक्रिया दिनुहोस