गाडी तोडफोड गर्नेलाई कारबाही गर्न माग

शनिबार, १६ मंसिर २०७४, २० : ४९
गाडी तोडफोड गर्नेलाई कारबाही गर्न माग

रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको गाडी आफ्नै घर अगाडि पार्किङ गरेर राखेको अवस्थामा शुक्रबार राति अज्ञात समूहले तोडफोड भन्दै संघले घटनमा संलग्नलाई कानुनी कारबाहीको माग गरेको छ । 
संघका महासचिव निराजन खनालद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा सम्पूर्ण उद्योगी, व्यवसायी, पेशाकर्मी, नागरिक समाजले दिनदिनै असुरक्षित महसुस गरिरहेको अवस्थामा भएको यस घटनाले यहा“का सबै नागरिकलाई चिन्तित तुल्याएको उल्लेख छ । 
‘सुरक्षाको अनुभूति जनताले पनि महसुस गर्नका लागि यस्ता घटनामा संलग्न व्यक्तिलाई जुनकुनै हालतमा पक्राउ गरी कानुनी दायरामा ल्याउनु जरुरी छ’ विज्ञप्तिमा भनिएको छ, ‘घटनामा संलग्न व्यक्तिहरुको तत्काल खोजी गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं ।’
 

प्रतिक्रिया दिनुहोस