कोरोना संक्रमण तेस्रो लहरको जोखिम , रोकथाममा के गर्दै छ सरकार ?

पत्रपत्रिकाबाट

मंगलबार, ०८ असार २०७८, ०६ : २८
कोरोना संक्रमण तेस्रो लहरको जोखिम , रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले सुझाएका छन् । केही दिनयता संक्रमितको संख्या ओरालो लाग्दो क्रममा रहेको छ ।

विज्ञ भन्छन् : खोप र जनस्वास्थ्य मापदण्ड पालना नै रोकथामको अचुक उपाय

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमितको संख्या घटे पनि जोखिम कायम नै रहेको बताए । डा. पुनले भाइरस म्युटेसन भएर नयाँ भेरियन्ट बन्ने र अघिल्लो भेरियन्टभन्दा शक्तिशाली हुन सक्ने सम्भावना भएकाले सचेत र सजग रहनुपर्ने बताए ।

डा. पुनले भने, ‘भाइरसको स्वरूपमा परिवर्तन आउन सक्छ । यसबाट बच्ने अचुक उपाय भनेको कोरोनाविरुद्धको खोप लगाउने र जनस्वास्थ्यका मापदण्ड पूर्णतः पालना नै हो । ‘उनले बालबालिकाले लगाउने खोप परीक्षणकै क्रममा रहेकाले बालबालिका जोखिममा पर्न सक्ने बताए ।

डा. पुनले युवा र ज्येष्ठ नागरिकले खोप नपाए उनीहरू पनि जोखिममा पर्न सक्ने बताए । अझै अनुमानित १ करोड ९३ लाख खोप लगाउन योग्य नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अनुमानित ७ लाख नागरिकले मात्रै खोपको पूर्ण मात्रा लगाएका छन् । राजधानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस