पार्टी प्रवेशको लहर

राप्रपाका असिम सहित २ सय ४५ जना  माओवादी केन्द्रमा प्रवेश

शनिबार, १६ मंसिर २०७४, १७ : ५५
राप्रपाका असिम सहित २ सय ४५ जना  माओवादी केन्द्रमा प्रवेश

चितवन l भरतपुर बडा नम्वर ९ का पुर्व वडा अध्यक्ष एवं एकिकृत राप्रपाका जिल्ला परिषद सदस्य असिम भट्टराई माओवादी केन्द्रमा प्रबेश गरेका छन् । आज भरतपुरमा आयोजित एक कार्यक्रम मार्फत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल“प्रचण्ड”ले माला र अविर लगाएर उनलाई पार्टी प्रवेश गराएका हुन् ।

भट्टराई पछिल्लोपटक राप्रपा विभाजित भएपछि तथस्ट बसेका थिए । उनिसंगै राप्रपा परित्याग गरि २ सय ४५ जना माओवादी केन्द्र प्रवेश गरेका छन् । उनिहरु सवैलाई माओवादी अध्यक्ष प्रचण्डले अविर लगाई भार्टीमा भित्राएका हुन् । 


सो अवसरमा वोल्दै नव प्रवेशी असिम भट्टराईले लामो समयसम्म लोकतान्त्रिक भनिएको पार्टीमा वसिरहंदा पनि देशका निम्ति केही गर्न नसकेको कारण पार्टी परित्याग गरि माओवादी केन्द्र रोजेको वताए । माओवादी अध्यक्ष प्रचण्डबाट मात्रै देशको संमृद्धी सम्भव भएकाले उहांको पछि लागेर देश विकासमा लाग्ने  प्रतिवद्धता उनले व्यक्त गरे ।


माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशमा स्थीर सरकार नभएसम्म संमृद्धको वाटोमा लाग्न नसकिने वताए । नवप्रवेशी युवाहरुजस्तै सवै नेपालीले देशको मुहार फेर्न चाहेकोले आफुले त्यसको नेतृत्व गर्ने दावी उनले गरे । युवाहरुलाई देख्दा स्वर्गीय प्रकाश दाहालको सम्झना आएको भन्दै प्रचण्डले अव सवै युवालाई प्रकाश ठानेर राष्ट्रको विकासमा लाग्ने दृढता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस