काठमाडौं । कोरोनाको नियन्त्रणका लागि देशव्यापी रुपमा निषेधाज्ञा जारी गरिएको भए पनि वैशाखसम्म कूल रु सात खर्ब ६१ अर्ब बराबरको राजश्व उठेको छ । अर्थ मन्त्रालयका अनुसार कूल राजश्व परिचालन गन आवको सोही अवधिको तुलनामा २५.४ प्रतिशलते वृद्धि भएको हो ।
कूल राजश्वमा कर राजश्व रु सात खर्ब नौ अर्ब ६२ करोड रहेको छ । यस्तै, गैरकर राजश्व रु ५१ अर्ब ३८ करोड रहेको छ । सो अवधिमा अन्य प्राप्तिसहित कूल राजश्व र प्राप्ति रु सात खर्ब ९७ अर्ब ३३ करोड रहेको छ ।
गत वैशाख मसान्तसम्ममा गत आवको सोही अवधिको तुलनामा सम्पूर्ण शीर्षकका कर राजश्वमा वृद्धि भएको छ भने गैर कर राजश्व सङ्कलनमा कमी आएको छ । कोभिड १९ को महामारीको समयमा समेत वस्तुको पैठारी निरन्तर भइरहेकाले भन्सार बिन्दुमा सङ्कलन हुने कर राजश्वमा वृद्धि भएको हो ।
शीर्षकगत लक्ष्यमा आन्तरिक तर्फको मूल्य अभिवृद्धिकर, भन्सार महसुल र अन्य कर शीर्षकको राजश्व लक्ष्यभन्दा बढी सङकलन भएको मन्त्रालयले जनाएको छ । समग्मा राजश्व सङ्कलन ९४।६ प्रतिशत रहेको छ ।
यस अवधिमा भन्सार बिन्दुमा सङ्कलन भएको कर राजश्व ३८.३ प्रतिशतले बढेर रु तीन खर्ब ४८ अर्ब ३० करोड पुगेको छ । यस्तै, आन्तरिकतर्फको कर राजश्व २०.५ प्रतिशतले बढेर रु तीन खर्ब ६१ अर्ब ३२ करोड पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ असार २०७८, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संशोधित राजश्व लक्ष्य भेट्टाउन दैनिक ६ अर्ब उठानुपर्ने
घर जग्गाको कारोबारबाट ४ अर्ब राजश्व उठ्यो