काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन जिल्लामा १६ वैशाखबाट जारी निषेधाज्ञा पुनः एक साता थप गरिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै १४ असारसम्म थप गर्ने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आर्थिक गतिविधि सुचारु गर्नेगरी निषेधाज्ञाको मोडालिटीमा केही फेरबदल गरी १४ असारसम्म थप गरिएको जानकारी दिए ।
उनका अनुसार मंगलबारबाट उपत्यकामा बारअनुसार पसल खोल्न पाइनेछ भने निजी सवारी साधन जोरबिजोर प्रणालीमा चलाउन पाइनेछ ।
‘निषेधाज्ञाको मोडालिटी केही फेरबदल गरेका छौं, अब बारअनुसार पसल खोल्न पाइनेछ भने निजी सवारी साधन जोरबिजोर प्रणालीमा चलाउन पाइनेछ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले राजधानीसँग भने ।
बैठकले ट्याक्सीलाई पनि जोरबिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए । अन्य सार्वजनिक सवारी साधन भने हाललाई खुला गरिएको छैन । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०७ असार २०७८, ०७ : १५
लेखकबाट थप