BANKING FRAUD

५ करोड हिनामिना अभियोगमा कृषि विकस बैंककी टेलर पक्राउ !

शनिबार, १६ मंसिर २०७४, १७ : ३६
५ करोड हिनामिना  अभियोगमा कृषि विकस बैंककी टेलर पक्राउ  !

चितवन, १६ मंसिर । कृषि विकास बैंक शाखा कार्यालय न्युरोडमा कार्यरत टेलर दिपीका रेग्मी सहित तिन जनालाई केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । काठमाडौंको सितापाईला बस्दै आएकी दिपीकाले न्युरोड शाखामा ब्यक्ति र संस्थाहरुले विभिन्न बैंकको चेक मार्फत कृषि विकास बैंकमा जम्मा गर्न ल्याएको रकममा गोलमाल गर्ने गरेको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।

चेक डिपोजीटमै गोलमाल गरेर चार करोड भन्दा बढी आफन्तको खातामा डिपोजिट गरेको खुलेपछी दिपीका सहित अन्य दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको केन्द्रिय अनुसन्धान ब्युरोका निर्देशक डिआईजी पुष्कर कार्किले जानकारी दिए ।

‘बैंकको टेलर दिपीका सहितका अन्य दुई जना कसुरमा संलग्न देखिएका छन्’ डिआईजी कार्किले भने, ‘दिपीकाले बैंकमा आउने चेकलाई सम्वन्धीत ब्यक्ति र आफ्ना आफन्तहरुको नाममा समेत डिपोजिट गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।’

दिपीका रेग्मीले ईलेक्ट्रोनिक चेक क्लियरेन्स (ईसिसी) मार्फत सम्वन्धीत हितग्राहीको खातमा जम्मा गरिसकेपती उक्त भुक्तानी गरेबापत सुचारु गरेको रिपोर्टलाई ईडीट गरेर सोही चेकलाई पुनः ईसिसीमार्फत आफन्तको खातामा जम्मा गर्ने गरेको पाईएको छ । यसरी बैंकीङ फ्रड गरेर दिपीकाले चार करोड एकानब्बे लाख कृषि विकास बैंकलाई नोक्सानी गरेको डिआईजी कार्किले बताए ।
दिपीकाले एउटै सुन पसलबाट एक करोडभन्दा बढी रकमको सुन खरिद गरेको खुल्न आएकोसँगै केन्द्रिय अनुसन्धान ब्युरोले सुन चाँदी ब्यवसायी प्रकाश घतानीलाई समेत नियत्रणमा लिएको छ । त्यसैगरी दिपीकाको सहयोगी दोलखाका रमेश कुमार थापालाई पनी प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस