काठमाडौं । भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो गल्ती स्वीकारी विज्ञहरूको सहयोग लिने बित्तिकै भारतको पुनर्निर्माण सुरु हुने दावी गरेका छन् ।
कामका शिलशिलामा भएका गल्तीलाई इन्कार गर्नु समस्या समाधान नहुने उनले बताए ।
भारतको गरिबीको बारेमा विश्व बैंकको तथ्याङ्कलाई उद्धृत गर्दै कोभिड महामारीको बेला विश्वव्यापी गरिबीबारे सार्बजनिक तथ्याङ्कमा भारतमा गरिबीको हिस्सा ५७.३ प्रतिशत रहेको भन्ने विवरण सबैको चासोको बिषय भएको गान्धीले बताएका छन् ।
गान्धीले ट्वीटरमा प्रतिवेदनको आधारमा सार्वजनिक प्रतिक्रियामा भनिएको छ, “यो सरकारको महामारीलाई व्यवस्थापन गर्दा भएको कमजोरीको परिणाम हो तर हामीले भविष्य हेर्नु पर्छ । प्रधानमन्त्रीले आफ्ना गल्तीहरूलाई स्वीकारेर विज्ञहरूको सहयोग लिने बित्तिकै हाम्रो देशको पुनर्निर्माणको थालनी हुनेछ ।”
“तथ्याङ्कलाई अस्वीकार मात्रै गरेर कुनै समस्या समाधान हुँदैन,” उनले थपे ।
गान्धीले उक्त रिपोर्टको ग्राफ उद्धृत गर्नुभयो र भन्नुभयो, “महामारीको समयमा विश्वव्यापी गरिबीको वृद्धिमा भारतको भूमिका उल्लेख्य छ । गरिब र मध्यम आय वर्गका लागि विश्वव्यापी परिवर्तनको हिस्सा क्रमशः ५७.३ प्रतिशत र ५९.३ प्रतिशत रहेको छ ।”
विश्वव्यापी गरीबी रेखा मुनि परेका वा मध्यम आय समूहबाट बाहिर निस्केको उक्त हिस्सा भारतको लागि पनि चिन्ताको बिषय बनेको गान्धीको धारणा छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०३ असार २०७८, २१ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालतबाट राहुल गान्धीलाई राहत
'मोदी र शाहले शेयर बजारमा गरेको टिप्पणी बारे संसदीय समितिले छानबिन गर्नुपर्छ' : राहुल गान्धी
एक्जिट पोल 'मोदी मिडिया पोल' हो, सरकार हाम्रै बन्छ : राहुल गान्धी