भरतपुरको गणेशथान धार्मीक पर्यटकीय केन्द्र : सुवेदी

शनिबार, १६ मंसिर २०७४, १७ : १६
भरतपुरको गणेशथान धार्मीक पर्यटकीय केन्द्र :  सुवेदी

चितवन । बाम गठबन्धनबाट चितवन २ (ख) मा उम्मेद्वार बन्नुभएका विजय सुवेदीले भरतपुरको गणेशथान धार्मीक पर्यटकीय केन्द्र वन्ने वताउनुभएको छ । आज भरतपुर ११ गणेशथानमा चुनावी घरदैलो संगै आयोजित कोणसभामा वोल्दै सुवेदीले चितवनको सवैभन्दा पुरानो र एतिहासिक मन्दिरहरु गणेशथानमा रहेकाले गणेशथालाई धार्मीक पर्यटकीय केन्द्र बताउनुपर्ने वताउनुभयो ।

उहांले एतिहांसिक र जिर्ण मन्दिरहरुको संरक्षण गर्दै थप व्यवस्थापनका साथ धार्मीक क्षेत्र वनाउने योजना रहेको वताउनुभयो । पुंगी खोलालाई व्यवस्थापन गरेर ताल तलैया निर्माण गर्न सकिने सुवेदीको भनाई छ । उहांले स्थानिय सामुदायी बनलाई सदुपयोग गरेर पार्क र पिकनिक स्पोर्ट निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

सुवेदीले गणेशथानको सुकुम्वासी समस्या समाधान गरेर व्यवस्थीत वसोवास बसालिने वताउनुभयो । बामपन्थीको सरकार बनेपछि सुकुम्वासीका सवै समस्या समाधान हुने सुवेदीको दावी छ । आज भरतपुर ११ को गणेशथान,सल्लेरी टोल लगाएतका क्षेत्रमा घरदैलो गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस