काठमाडौं । युरोकप अन्तर्गत गएरातिको खेलमा पोर्चुगलले सानदार जित हासिल गरेको छ । घरेलु टीम हंगेरीलाई पोर्चुगलले ३–० ले पराजित गरेको हो ।
पोर्चुगलको जितमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने गुरेरो एक गोल गरे । गुरेरोले खेलको ८४ मिनेटमा गोल गरेर घरेलु मैदानमा खचाखच भरिएको हंगेरीका दर्शकलाई स्तब्ध बनाए भने खेलको ८७ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टोलीलाई २–० को अवस्थामा लगे ।
यसैगरी रोनाल्डोले दोस्रो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो र टीमका लागि तेस्रो गोल गरे।
यससँगै रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा रेकर्ड बनाएका छन् । उनले युरोकपमा सर्वाधिक ११ गोल गरेका छन् । यस्तै पाँच युरो कप खेल्ने पहिलो खेलाडी पनि उनी नै बनेका छन् । रोनाल्डोले २००४ देखि नै युरोकप खेल्न थालेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असार २०७८, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्पेनले जित्यो युरोकपको उपाधि
नेदरल्याण्डस युरोकपको सेमिफाइनलमा
युरोकपको क्वाटरफाइनलमा आज ईङल्याण्ड र स्वीजरल्याण्डबीच भिडन्त हुदै
युरोकप : जर्मनी बाहिरियो, स्पेन सेमिफाइनलमा
युरोकप : क्वाटरफाइनलमा आज स्पेन र जर्मनी भिड्दै
पोर्चुगल युरोकपको क्वाटरफाइनलमा