काठमाडौं । युरोकप २०२० अन्तर्गत आज समूह एफको दुई खेल हुँदैछ । जहाँ विश्व विजेता तथा युरोकपको साविक उपविजेता फ्रान्स अनी विश्वकप र युरोकपको पूर्वच्याम्पियन जर्मनी भिड्दैछन् । यस्तै साविक विजेता पोर्चुगल र हंगेरीबीचको खेल पनि हुँदैछ ।युरोकपको ड्र सार्वजनिक भएपछि नै समूह एफलाई ‘ग्रुप अफ डेथ’ भनिएको थियो । जहाँ युरोकपको साविक विजेतासहित तीन पूर्व विजेता छन् ।
साथै एउटै समूहमा उपाधिको तीन दाबेदार टिम छन् । त्यसैले यस समूहको प्रत्येक खेल हेर्न लायक हुने अपेक्षा छ । यस समूहमा जर्मनी र हंगेरी आयोजकको रुपमा छ । जर्मनीले घरेलु मैदानमा समूहको तीनवटै खेल खेल्ने अवसर पाउनेछ । यस्तै हंगेरीले दुई खेल घरेलु मैदानमा खेल्नेछ ।विश्व विजेता फ्रान्स र ३ पटकको युरोकप विजेता जर्मनीबीचको खेल राति नेपाली समयअनसार १२:४५ बजे सुरु हुनेछ । खेल जर्मनीको घरेलु मैदान म्युनिख एरेनामा हुनेछ ।
पाँच वर्षअघि घरेलु मैदानमै फाइनल हारेको फ्रान्स यसपटक उपाधिको सबैभन्दा ठूलो दाबेदारको रुपमा छ । उता जर्मनी भने २०१६ मा फ्रान्ससँगै सेमिफाइनलमा पराजित भएको थियो । २०१८ मा रुसमा भएको विश्वकप फ्रान्सले जित्दा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो ।
दुवै टोली पहिलो खेल जित्दै सुखद सुरुआत गर्ने योजनामा छन् । जर्मनीलाई घरेलु मैदानको साथ हुनेछ । उता फ्रान्समा करिम बेन्जामा झण्डै ६ वर्षपछि राष्ट्रिय टिममा फर्केका छन् । बेन्जामासहित किलिएन एमबाप्पे, एन्टोनी ग्रीजमन जस्ता फरवार्ड लाइन फ्रान्ससँग छ । यस्तै मिडफिल्डमा एन गोलो कान्टे, पउल पोग्वा, एड्रिओन रावओट जस्ता खेलाडी छन् । कप्तान ह्युगो लोरिसले गोलपोष्ट सम्हाल्नेछन् भने डिफेन्समा राफेल भरान बेन्जामिन पाभार्ड, लुकास हर्नान्डेज र प्रेसनेल किम्बेम्पे जस्ता खेलाडी हुनेछन् ।
उता अनुभवी गोलकिपर मानुएल नोएको कप्तानीमा रहेको जर्मनीमा थोमस मुलर र माट हुमेल्सले दुई वर्षपछि पुरनागमन गरेका छन् । यस्तै टिमो वेर्नर, काऐ हाभार्ट, सर्ज जिनाब्री, लरेस साने, जोसुअ किम्मीक जस्ता खेलाडी जर्मनी टिममा छन् । मिडफिल्डमा टोनी क्रुस र एल्के गुन्डागोनको साथ रहनेछ ।
जर्मनी र फ्रान्सबीचको खेल बहुप्रतिक्षित खेलको रुपमा पनि रहेको छ । फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पसले यो दुवै टिमको लागि ठूलो खेल भएको बताए । उनले दुवै टिम युरोपको उत्कृष्ट टिम भएकोले ठूलो गेम हुने बताए ।
उनले दुवै बक्समा प्रभावशाली हुने उदेश्य रहेको र त्यहीबाट खेलको निर्णय हुने बताए ।यस्तै जर्मन प्रशिक्षक योकिम लोले दुई साताको तयारीपछि फ्रान्ससँग कस्तो खेल्छ यो महत्वपूर्ण हुने बताएका छन् ।
फ्रान्स र जर्मनी युरोकप अहिलेसम्म जम्मा १ पटक आमुनेसामुने भएका छन् । २०१६ को सेमिफाइनलमा फ्रान्सले जर्मनीलाई पराजित गरेको थियो ।यस्तै यूईएफए नेशन्स कप २०१८ अन्तर्गत दुई खेल हुँदा एक खेल फ्रान्सले जितेको थियो भने अर्को खेल गोलरहित बराबरीमा सकिएको थियो ।२०१४ को विश्वकप क्वाटरफाइनलमा पराजित भएयता फ्रान्स जर्मनीविरुद्ध पछिल्लो ५ खेलमा अपराजित छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असार २०७८, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्पेनले जित्यो युरोकपको उपाधि
नेदरल्याण्डस युरोकपको सेमिफाइनलमा
युरोकपको क्वाटरफाइनलमा आज ईङल्याण्ड र स्वीजरल्याण्डबीच भिडन्त हुदै
युरोकप : जर्मनी बाहिरियो, स्पेन सेमिफाइनलमा
युरोकप : क्वाटरफाइनलमा आज स्पेन र जर्मनी भिड्दै
पोर्चुगल युरोकपको क्वाटरफाइनलमा