राप्रपा र कांग्रेसबाट २५० युवा माओवादी केन्द्रमा प्रवेश

शनिबार, १६ मंसिर २०७४, १६ : २३
राप्रपा र कांग्रेसबाट २५० युवा माओवादी केन्द्रमा प्रवेश


चितवन, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी र कांग्रेसमा क्रियाशिल २५० जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिवार भरतपुर–९ मा आयोतिज एक कार्यक्रमका बिच माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असिम भट्टराईको नेतृत्वमा रहेका युवाहरुलाई आफ्नो पार्टीमा प्रवेश गराएका हुन् ।

 

भरपुर महानगरपालिका–९ को राजनितीमा सक्रिय असिम यसअघी राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा अध्यक्ष थिए ।
असिमका नेतृत्वमा प्रवेश गर्ने अन्य युवाहरुमा प्रकाश खत्रि,आशिष रानामगर, दिनेश थापा, हेमराज अधिकारी, नरेश मल्ल, कलम जोशी, शैलेश विष्ट लगायत २५० युवा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस