सिन्धुलीका गणेश पहाडीले पाए सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी

सफल खबर संवाददाता

विहीबार, २७ जेठ २०७८, १२ : ४६
सिन्धुलीका गणेश पहाडीले पाए सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी

काठमाडौं । एमाले विवादमा खनाल–नेपाल समुह छोडेर अध्यक्ष ओली खेमामा लागेका सिन्धुलीका गणेश पहाडीले मन्त्री पद पाएका छन् ।

प्रधानमन्त्री ओलीले पहाडीलाई समेटेर बिहीबार मन्त्रिपरिषद विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषदमा ओलीले पहाडीलाई महत्त्वपूर्ण मानिने मन्त्रालय सामान्य प्रशासनको जिम्मेवारी दिएका छन् । 

पहाडी केही साता अघिमात्रै खनाल नेपाल समुह छाडेर ओली समुहमा लागेका थिए । उनी गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस