एजेन्सी । फिफा विश्वकप कतार २०२२ अन्तर्गत दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिलले लगातार छैटौं जित निकालको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले पराग्वेलाई २-० गोल अन्तरले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो ।
ब्राजिलले यसअघि बोलिभिया, पेरु, भेनेजुएला, उरुग्वे र इक्वेडरलाई हराएको थियो । कोलम्विया र अर्जेन्टिनासँगको खेल कोरोनाका कारण प्रभावित बनेको छ ।
ब्राजिलल ६ खेलबाट १८ अंक जाडेको छ । समान खेल खेलको अर्जेन्टिना १२ अंकसहित दोस्रो स्थानमा रहेको छ । पराजित पाराग्वे ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
ब्राजिललाई सहज जित दिलाउनको लागि फरवार्ड नेयमारले एक गोल र अर्को गोलको लागि असिस्ट दिए । अर्का गोल सब्सिच्युट खेलाडि लुकास पाक्वेटाले गोल गरे ।खेलको चौथो मिनेटमा नै गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले गाब्रियल जेससको पासमा गोल गरेका थिए ।
इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा नेयमारको पासमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिलाई २-० को जित दिलाए । लुकास पाक्वेटा ४६औं मिनेटमा फ्रेडको स्थानमा मैदान छिरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ जेठ २०७८, ११ : ३३
लेखकबाट थप