राजविराज । सप्तरीको राजविराज नगरपालिका(६ का राधेश्याम कुमार साह राजविराज(४ स्थित बजारमा पसल गर्छन्। कोरोना रोकथाम र नियन्त्रणका लागि एक महिनादेखि बजार बन्द छ। बजारका दिलिप यादवको घरमा पसलसटर भाँडा लिई साहले सञ्चालन गरेको मोबाइल पसलमा गत आइतबार बिहान ३ बजे चोरी भयो।
पसलमा जडान रहेको सिसी क्यामेराको फुटेजमा सप्तरीको विष्णुपुर गाउँपालिका(५ का महेशकुमार यादवको पहिचान खुल्यो। घरबाटै पक्राउ गरी महेशलाई सोधपुछ गर्दा उनले रामदास र सुभाषसमेत चोरीमा संलग्न रहेको वयान दिए। सिटी रिक्सामा चोरीका समान लिएर जाने तीनै जनालाई प्रहरीले चोरीका समानसहित मङ्गलबार पक्राउ गरेको छ। प्रहरीले चोरी गर्दा प्रयोग गरेको सिटी रिक्सा समेत बरामद गरेको छ।
सिटी रिक्सा चढेर आएका उनीहरुले सटरको ताला फुटाएर मोबाइल चोरेको स्विकारेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बताए। सुभाषको घर खानतलासी गर्दा उनी सुत्ने खाटमुनी चोरीका १० थान मोवाइल समेत प्रहरीले फेला पारेको छ।
बन्दाबन्दीका बेला बजारका मोबाइल पसलसहित विभिन्न पसलमा चोरीको क्रम बढेको छ। उनीहरुले चोरी गरेको मोबाइल सस्तो मूल्यमा बेच्ने गरेका छन्। सप्तरी प्रहरीले उनीहरुविरुद्ध चोरी मुद्दाको उजुरी दर्ता गरी थप अनुसन्धान सुरु गरेको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २६ जेठ २०७८, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टोखाबाट डेरा फोडेर करिब २ लाख बराबरको चोरी
मोटरसाइकल चोरीमा संलग्न ३ जना प्रहरीको नियन्त्रणमा
कीर्तिपुरको चोभार स्वास्थ्य चौकीबाट ३ सेट कम्प्युटर र प्रिन्टर चोरी
नैकाप क्षेत्रमा शृङ्खलाबद्ध चोरी
मुस्ताङका १०३ च्यांग्रा चोरी गरी चितवन ल्याई बिक्री गरेको आरोपमा एक जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा