काठमाडौं महानगरपालिकाले नगरबासीलाई राहत र सहुलियत दिने

सफल खबर संवाददाता

मंगलबार, २५ जेठ २०७८, १२ : ४९
काठमाडौं महानगरपालिकाले नगरबासीलाई राहत र सहुलियत दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी असार २ गते बस्ने नगरसभामा नगरबासीलाई केही राहत र सहुलियतको योजना पेश गर्ने भएको छ ।काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले महानगरको प्राथमिकता फेरिपनि स्वास्थ्य क्षेत्रको कार्यक्रममा नै रहने बताए । कोभिड – १९ संक्रमणविरुद्ध लड्न रोकथाम र उपचारमा नै कार्यक्रम केन्द्रीत हुने बताए ।

यसका साथै महानगरको नीति तथा कार्यक्रम बनाउन आयोजना गरिने वडास्तरीय छलफलमा मेयर लगायत सबै सहभागि हुने बताए । नगर क्षेत्रका संक्रमित तथा निधन भएका परिवारलाई केहि सहायता उपलब्ध गराउने बताए ।

काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट कोरोनाको कारण व्यापार व्यवसाय, पेशा, रोजगारीमा परेको असरलाई राहत दिनेगरी आउने बताए । मेयर शाक्यले नगर क्षेत्रमा व्यापार व्यवसायमा लाग्ने कर दस्तुरमा छुट दिनेगरी कार्यक्रम ल्याउन लागेको बताए ।

महानगरका करदातालाई असर हेरेर ८५ प्रतिशतसम्म कर दस्तुरमा छुट दिनेगरी कार्यक्रम आउने बताए । यसका साथै काठमाडौं महानगरले गरिररहेका नियमित कामलाई पनि प्राथमिकताको आधारमा वर्गीकरण गरेर योजना कार्यक्रम बनाइने बताए ।

प्रतिक्रिया दिनुहोस