फ्लोरमा जाँदै नेपाली कथानक चलिचत्र  रामभित्रको रावण

शनिबार, १६ मंसिर २०७४, ०८ : ०३
फ्लोरमा जाँदै नेपाली कथानक चलिचत्र  रामभित्रको रावण

चितवन । नेपाली कथानक चलचित्र रामभित्रको रावण मंसिर १९ गते मंगलबारदेखि सुटिङका लागि फ्लोरमा जाँदैछ । चलचित्रको सुटिङ चितवन, पोखरा, पाल्पा र बुटवलमा हुनेछ ।
भरतपुरका युवा निर्देशक के.डी. प्रसितको कथा, पटकथा, संवाद र निर्देशन रहेको रामभित्रको रावणको छायाँकन रमेश लामाले गर्दैछन् । सुरेश चौधरी र मेलिना शाक्यको संगीत रहेको चलचित्रका लागि बाबुल गिरीले गीत लेखेका छन् । कमल राई र जितेन्द्र श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रमा भुवन भट्टले नृत्य निर्देशन गर्नेछन् ।
चलचित्रको निर्मातामा गणेश तिवारी र सहन लामा रहेका छन् । चलचित्रमा कलाकारहरु दिपक अधिकारी, राधिका बोहोरा, निराजन प्रधान, मार्टिन खान, अस्मिता कोइराला, सन्तकुमार महतो (जेजेके) लगायतको अभिनय रहने निर्देशक प्रसितले बताए ।

प्रतिक्रिया दिनुहोस