कर्णालीका २ मन्त्रीको सपथ आइतबार हुने

सफल खबर संवाददाता

शुक्रबार, २१ जेठ २०७८, १८ : ३०
कर्णालीका २ मन्त्रीको सपथ आइतबार हुने

सुर्खेत ।कर्णाली सरकार सहभागी हुने २ मन्त्रीको सपथग्रहण आइतबार हुने भएको छ । काँग्रेस संसदीय दलको बैठकले शुक्रबार ९आज० औपचारिक निर्णय गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई जानकारी दिएको हो ।

बिहिबार नेपाली काँग्रेस संसदीय दलले सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठको नाम अनौपचारिक रुपमा सिफारिस गरेको थियो । 

मुख्यमन्त्री शाही निकट स्रोतका अनुसार काँग्रेस संसदीय दलको औपचारिक निर्णय ढिलो आएकोले आइतबारमात्र नियुक्ति र पद तथा गोपनीयताको सपथ ग्रहण हुने भएको छ ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत अन्तिम साता काँग्रेस र माओवादी केन्द्रबीच सत्ता साझेदारीबारे सहमति भएको थियो । २०७४ को निर्वाचनपछि काँग्रेसले पहिलोपटक माओवादी केन्द्रसँग कर्णालीबाट सत्ता साझेदारी गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस