नवनियुक्त मन्त्रीहरूको सपथ आजै ८ बजे हुँदै

सफल खबर संवाददाता

शुक्रबार, २१ जेठ २०७८, १८ : २६
नवनियुक्त मन्त्रीहरूको सपथ आजै ८ बजे हुँदै

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले आजै सपथ ग्रहण गर्ने भएका छन् ।राष्ट्रपति कार्यालयका अनुसार बेलुकी ८ बजे शीतलनिवासमा नवनियुक्त मन्त्री एवं राज्यमन्त्रीहरूको सपथ ग्रहण समारोह राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज जसपाका ८ मन्त्री र २ राज्यमन्त्रीलाई सरकारमा सहभागी गराउँदैछन् ।

त्यस्तै एमालेबाट वर्तमान अर्थमन्त्री विष्णु पौडेलले उपप्रधानमन्त्री, शेरबहादुर तामाङले स्वास्थ्य मन्त्री र रघुवीर महासेठले परराष्ट्रमन्त्रीका रूपमा सपथ लिनेछन् ।

प्रतिक्रिया दिनुहोस