कोरोना  महामारीका कारण अवरुद्ध जलविद्युत आयोजनाहरुको म्याद थप

सफल खबर संवाददाता

शुक्रबार, २१ जेठ २०७८, १६ : ०७
कोरोना  महामारीका कारण अवरुद्ध जलविद्युत आयोजनाहरुको म्याद थप

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कोरोना महामारीका कारण अवरुद्ध जलविद्युत आयोजनाहरुको म्याद थप गरेको छ । विद्युत खरिद बिक्री सम्झौता पीपीए अनुसार अघि बढ्न नसकेका जलविद्युत आयोजनाको म्याद १ वर्ष थप गर्न लागेको हो ।

प्राधिकरणको ८७० औं सञ्चालक समिति बैठकले वित्तीय व्यवस्थापन गर्न, निर्धारित तालिकाअनुसार विद्युत उत्पादन गर्न तथा उत्पादन अनुमतिपत्र बुझाउन नसकेका जलविद्युत आयोजनाको हकमा अधिकतम १ वर्षसम्म म्याद गरिदिने प्रक्रिया अघि बढाएको छ । 

प्राधिकरण विद्युत व्यापार विभागले अधिकतम १ वर्ष म्याद थप गर्ने निर्णय सञ्चालक समितिबाट भइसकेकाले यो सुविधा लिन जलविद्युत प्रवर्द्धकलाई आग्रह गरेको छ ।कोभिड–१९ माहामारीको प्रभावित आयोजनाको म्याद थप गरी पीपीए भएको मिति संशोधन गर्ने सुविधा लिने प्रवर्द्धकलाई सम्पूर्ण विवरण सहितको आवेदन दिन आग्रह गरिएको हो ।

प्रतिक्रिया दिनुहोस