कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आव्हान

सफल खबर संवाददाता

शुक्रबार, २१ जेठ २०७८, १६ : ०३
कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आव्हान

काठमाडौं । कर्णाली प्रदेशसभाको बजेटअधिवेशन बोलाइएको छ ।

प्रदेश सरकारको सिफारिस बमोजिम प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले यही २४ गते सोमबार प्रदेशसभाको आठौं अधिवेशन आव्हान गरेका छन् ।

प्रदेशसभा भवन वीरेन्द्रनगर सुर्खेतमा दिनको २ बजे बैठक शुरू हुने प्रदेश प्रमुखको कार्यालयमा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस