काठमाडौं । सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा कोभिड–१९ सङ्क्रमणको जोखिम उच्च हुने गरेको छन् । सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, मुटुमा असर गर्ने र सङ्क्रमणले पनि फोक्सो र मुटुलाई बढी असर गर्ने भएकाले जोखिम रहेको हो ।
सङ्क्रमणको दोस्रो लहर देखिएपछि अधिकांश बिरामीमा फोक्सो र मुटमा गम्भीर असर पु¥याएको छ । अहिले सङ्क्रमितलाई धेरै जसो फोक्सोमा समस्या आई अक्सिजन दिनु परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र एक्शन नेपालले आयोजना गरेको ‘कोभिड–१९ को सङ्क्रमणबाट बचाउन नागरिकलाई सुर्तीजन्य पदार्थ छुटाउ’ विषयक अन्तरक्रिया कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा राजेश पाण्डवले सुर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै क्षति भइसकेको हुने र सङ्क्रमणले झनै असर गर्ने गरेको छ ।
उनले अहिले सङ्क्रमणले सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई बढी गम्भीर बनाउने भएकाले सेवन छाड्नुपर्ने बताए । उनका अनुसार धुम्रपान तथा सुर्तीजन्य पदार्थ त्याग गरेको २० मिनेटमा नै मुटुको धड्कनमा सुधार आउने बताए ।
यस्तै धुम्रपान छाडेको १२ घण्टाभित्र रगतमा कार्बोनमोनोअक्साइडको मात्रा कम भई रक्तचाप सामान्य अवस्थामा आउने र दुई हप्तादेखि १२ हप्तामा फोक्सोमा सुधार आउने, एकदेखि नौ महिनासम्म खोक्ने र छिटोछिटो सास फेर्नमा सुधार आउँछ । यसैगरी १० वर्षभित्रमा फोक्सोको क्यान्सर तथा १५ वर्षभित्रमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावनासमेत घट्छ ।
नेपाल कार्डियो सेन्टरका वरिष्ठ कार्डियोलोजिष्ट डा ओममुक्ति अनिलले अहिले कोभिड–१९ का कारणले सुर्तीजन्य पदार्थ सेवन घटेको बताए । उनले अहिले घटिरहेको सुर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गर्न उत्प्रेरणा दिने खालका कार्यक्रम ल्याउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ जेठ २०७८, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुर्तीजन्य पदार्थको प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाउनु पर्छ : माधव सापकोटा