मोरङ र धनुषामा जेठ २४ गतेसम्म थपियो निषेधाज्ञा

सफल खबर संवाददाता

सोमबार, १७ जेठ २०७८, १३ : ५२
मोरङ र धनुषामा जेठ २४ गतेसम्म थपियो निषेधाज्ञा

मोरङ । मोरङ र धनुषामा एक-एक हप्ताका लागि निषेधाज्ञा थप गर्दै जेठ २४ गतेसम्म लम्ब्याइएको  छ ।जिल्ला प्रशासन कार्यालय मोरङले यही जेठ २४ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण बढिरहेको अवस्थालाई ध्यानमा राखी जिल्लामा जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आज निषेधाज्ञाको समय सकिनु अगाडि पाँचौ सूचना जारी गर्दै जेठ २४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञाको आदेश जारी गरेका हुन । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, सङ्क्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो ।

यसैगरी, धनुषामा पनि जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा थपिएको हो ।  सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको बैठकले  सात दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको  प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जानकारी दिए ।  जिल्लाभर लागु हुने गरी एक साता सम्म निषेधाज्ञा थपिएको छ ।

प्रतिक्रिया दिनुहोस