सरकारले बजेट कार्यान्वयन गर्छ, दुविधा राख्नुपर्दैैन : अर्थमन्त्री पौडेल

सफल खबर संवाददाता

आइतबार, १६ जेठ २०७८, १७ : ११
सरकारले बजेट कार्यान्वयन गर्छ, दुविधा राख्नुपर्दैैन : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८ र ७९ को बजेट कार्यान्वयन हुने दावी गरेका छन् । उनले  कार्यान्वयन नहुनेमा शंका नगर्न पनि सबैमा आग्रह गरेका छन् । 

आगामी आर्थिक वर्ष २०७८ र ७९ का लागि सरकारले ल्याएको अनुमानित आय–व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र संकल्पका साथ बजेट आएको दाबी गरे । उनले भने, ‘यो बजेट केवल सुनाउनका लागि ल्याइएको होइन, कार्यान्वयन गर्नका लागि ल्याइको हो ।’

उनका अनुसार कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्नेछौँ ।मन्त्री पौडेलले भोलिदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयनको अभियानलाई तीव्रता दिएर अघि बढ्ने बताए ।  
 

प्रतिक्रिया दिनुहोस