तनहुँ । यहाँका एक युवा उद्यमीले बाँदर र गाईलाई नियमित खाना खुवाउँदै आएका छन् । गत वर्षको चैतदेखि निरन्तररुपमा दैनिक बागेश्वरी र देवघाट क्षेत्रमा रहेका बाँदर र छाडा गाईलाई खाना खुवाउँदै आएका हुन् ।
भरतपुर महानगरपालिका–१ निवासी चन्दन अग्रवालले गत वर्षको कोभिड सङ्क्रमणका कारण लकडाउन हुँदा बाँदरलाई बिस्कुट र गेडागुडी खुवाउँदै आएका छन् । बाँदरसँगै त्यही रहेका छाडा गाईलाई पनि उनले चापट खुवाउने गरेका छन् ।
साँझको समयमा चना, गहुँ, मकै र केराउको मिश्रणलाई भिजाएर बिहान देवघाट जाने बागेश्वरी वन क्षेत्रमा उनले बाँदरलाई दिने गरेका हुन् । कहिलेकाही देवघाटको हनुमान मन्दिर क्षेत्रमा पनि उनले बाँदरलाई खानेकुरा बाँड्ने गर्छन् ।
प्रहरी र स्थानीयले देवघाटमा खाद्यान्न बाँड्दा अवरोध गर्ने भएकाले सो क्षेत्रमा नियमित बाँड्न नपाएको उनको गुनासो छ । दैनिक २० किलो हाराहारी गेडागुडी र आठ किलो चोक्कर उनले बाँड्दै आएका छन् । आफू जिल्ला बाहिर र व्यस्त हुँदा बुबा उमाशङ्कर र भाइ रञ्जनले खाना बाँड्ने गरेको उनले सुनाए ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १६ जेठ २०७८, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाँदरमा पहिलाे पटक मानिसमा सर्ने दुर्लभ भाइरस फेला
बाँदर नियन्त्रण गर्ने कानुन बनाउन कानुनमन्त्रीसँग माग
पर्वतको पैंयुँ गाउँपालिकाले बाँदर हेरालु कर्मचारी नियुक्त गर्ने
बाँदरले दुःख दिएको भन्दै त्रिपुरासुन्दरीमा पनि रुख काट्ने निर्णय
बाँदर नियन्त्रणका लागि भन्दै वडाध्यक्षले जारी गरे रुख काट्ने उर्दी