न्यायाधीश बमकुमार श्रेष्ठबारे किन भयो विवाद ?

पत्रपत्रिकाबाट

शनिबार, १५ जेठ २०७८, ०८ : ०२
न्यायाधीश बमकुमार श्रेष्ठबारे किन भयो विवाद ?

काठमाडौं । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको तर्फबाट बहसमा आएका अधिवक्ता गोविन्द बन्दीले संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठलाई राख्न नहुने बताए ।

न्यायाधीश श्रेष्ठले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विघटन गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको भन्दै संवैधानिक इजलासमा बस्ने आधार नभएको तर्क गरे ।

‘न्यायाधीश श्रेष्ठले नेकपालाई विभाजन गरेपछि भएको संसद् विघटनमा उहाँ बेन्चमा हुनुहुन्छ, उहाँको निष्पक्षतामाथि हाम्रो प्रश्न छ,’ अधिवक्ता बन्दीले भने । उनको तर्कसँग असहमत जनाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशमाथि विश्वास गर्न आग्रह गरे ।

‘तपाईंहरूले प्रत्येक न्यायाधीशपिच्छे प्रश्न उठाउन थाल्नुभयो भने अर्कोले अर्को न्यायाधीशलाई प्रश्न उठाउँछन्,’ प्रधानन्यायाधीश राणाले भने, ‘त्यतातिर नजानुस्, न्यायाधीशलाई विश्वास गर्नुस् ।’ राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस