निषेधाज्ञा कडा हुने भएपनि बिहीबार देखियो बजारमा भिडभाड

पत्रपत्रिकाबाट

शुक्रबार, १४ जेठ २०७८, ०८ : १९
निषेधाज्ञा कडा हुने भएपनि बिहीबार देखियो बजारमा भिडभाड

काठमाडौं । निषेधाज्ञा कडा पारिने सूचनाका  कारण  बुधबार  र  बिहीबार  खाद्यान्न पसलमा  किनमेल  गर्नेको  भीडभाड  बढेको  छ। उपत्यकाका तीन  जिल्लाका  प्रमुख  जिल्ला अधिकारीको  बैठकले  शुक्रबारदेखि  निषेधाज्ञा थप  कडा  गर्ने  र  सात  दिनका  लागि  खाद्यान्न जोहो गर्न भनेसँगै पसलमा भीडभाड बढेको हो । 

काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप कडा बनाउन  निर्देशन  दिएअनुसार  तीनवटै  जिल्ला प्रशासन  कार्यालयले  एक  साताका  लागि  दुई दिनमा  किनमेल  सक्न  निर्देशन  दिएका  थिए । त्यसको  असर  बजारमा  देखिएको  हो ।

 यो भीडले  कोरोना  नियन्त्रण  होइन  झनै  फैलिने जोखिम बढेको छ ।  उपभोक्ता अधिकारकर्मीले अतिआवश्यकीय  वस्तुका  पसल  बन्द  गरेर कोरोनाको जोखिम झनै बढाउने भन्दै निर्णयको पुनर्विचार  गर्नुपर्ने  बताएका  छन् ।

 उपभोक्ता अधिकारकर्मी  माधव  तिम्लिसिनाले  एक  साता खाद्य पसल बन्द गर्ने भन्ने निर्णय गलत भएको र  यसले  कोरोना  घटाउन  होइन,  बढाउन  बल पुग्ने  दाबी  गरे । गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस