दातृ निकायले कोरोना नियन्त्रणमा गरेको सहयोग दुरुपयोग नगर्न कांग्रेसको माग

सफल खबर संवाददाता

विहीबार, १३ जेठ २०७८, १९ : ०१
दातृ निकायले कोरोना नियन्त्रणमा गरेको सहयोग दुरुपयोग नगर्न कांग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना नियन्त्रणमा दातृ निकायको सहयोग दुरुपयोग र पार्टीकरण नगर्न माग गरेको छ । बिहीबार एक विज्ञेप्ती मार्फत कांग्रेसले कोरोना भाइरस प्रतिकार्यका लागि विदेशी मित्रराष्ट्रबाट आएको सहयोग दुरुपयोग र पार्टीकरण नगर्न माग गरेका हुन् ।

कांग्रेसले भनेको छ,‘निषेधाज्ञालाई व्यवहारिक र प्रभावकारी तर जनअधिकार र जनताका आवश्यकतालाई केन्द्रविन्दुमा राखी आवश्यकता अनुसार कार्यान्वयन गर्न तथा विदेशी मित्रराष्ट्र र संघ–संस्थाहरुबाट आएको सहयोगको दुरुपयोग र पार्टीकरण बन्द गर्न माग गर्दछु ।’

साथै अहिले कोभिड–१९ को संक्रमणले सिर्जना गरेको स्वास्थ्य चुनौति मात्र नभएर निषेधाज्ञाले उद्योग व्यवसाय बन्द भएर खडा गरेको वेरोजगारीका कारण रोजिरोटीको संकट पनि जटिल बन्दै गएको प्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस