किराना पसल बन्द हुँदा खाद्य र साल्ट ट्रेडिङले घरमै  सामान ल्याइदिने

सफल खबर संवाददाता

विहीबार, १३ जेठ २०७८, १४ : ०१
किराना पसल बन्द हुँदा खाद्य र साल्ट ट्रेडिङले घरमै  सामान ल्याइदिने

काठमाडौं । निषेधाज्ञा थप कडा पार्ने भन्दै काठमाडौँ गउत्यकामा किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गरिएपछि जिल्ला प्रशासनले वैकल्पिक व्यवस्था गरको छ ।

काठमाडौँमा खाद्य सामग्री अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी  र साल्ट ट्रेडिङ कर्पोरेसनले सामान घरैमा डेलिभरि गरिदिने व्यवस्था गरिएको हो ।

उपत्यका प्रशासनले नेपाल खाद्य तथा साल्ट ट्रेडिङ कर्पोरेसनबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको हो । एक सूचना जारी गर्दै  ग्राहकले कम्पनीको फोन नम्बरमा कल गरेर सामान मगाउन सकिने बताइएको छ । दाल, चामल, नून-तेल, चिनीलगायत खाद्य सामग्रीको उक्त कम्पनीहरूमार्फत मगाउन सकिनेछ । साथै खाद्य सामग्री अभाव नहुने समेत प्रस्ट पारिएको  छ।

प्रतिक्रिया दिनुहोस