सम्पन्न राष्ट्रका नागरिक बनाउन वामगठबन्धन : नेता नेपाल

शुक्रबार, १५ मंसिर २०७४, १६ : ५०
सम्पन्न राष्ट्रका नागरिक बनाउन वामगठबन्धन : नेता नेपाल

काठमाडौँ, १५ मंसिर । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकलाई समृद्ध बनाएर नेपालीलाई सम्पन्न राष्ट्रका नागरिक बनाउन वाम गठबन्धन भएको बताउनुभएको छ । संयुक्त वाम गठबन्धनले काठमाडौँ क्षेत्र नं २ नरेफाँटमा आज आयोजना गरेको चुनावी कार्यक्रममा उहाँले राजनीतिक स्थिरता र सरकारको स्थायित्व भएपछि मात्र देशमा विकास हुने बताउनुभयो ।

    काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता नेपालले मुलुकमा सामाजिक न्याय र जनतालाई अधिकार सम्पन्न बनाउन वाम शक्तिले ठूलो संघर्ष र मेहनत गरेको उल्लेख गर्दै गठबन्धनको जनताको हकअधिकारको रक्षाका लागि सदैब कार्य गर्ने बताउनुभयो ।

    नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य प्रकाश गौतमले देशमा राजनीतिक अस्थिरताले स्थानीय पूर्वाधार विकास निर्माणका कार्यले गति लिन नसकेको र औद्योगिक विकास हुन नसकेकाले बेरोजगार समस्या बढेको बताउँदै अब राष्ट्रको विकासका लागि वाम गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभयो ।(रासस)   

 

प्रतिक्रिया दिनुहोस