सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मल्लको निधन

सफल खबर संवाददाता

विहीबार, १३ जेठ २०७८, ०९ : ३९
सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मल्लको निधन

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि निमोनियाको उपचार गराइरहनुभएका मल्लको काठमाडौँस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले बताए । 

चार दशकभन्दा बढीको समय कैलालीमा राजनीति गर्दै आएका  मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसको महासमिति सदस्यसमेत भएका थिए । 
पहिले राप्रपाको राजनीति गर्नुभएका मल्ल २०७० सालको दोस्रो संविधानसभाअघि कांग्रेस प्रवेश गरेका थिए । विसं २०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त हुनुभएका मल्लले माघ ८ गते शपथ लिएका थिए । मल्लका एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस