आज कृष्ण सेन स्मृति दिवस

सफल खबर संवाददाता

विहीबार, १३ जेठ २०७८, ०८ : २०
आज कृष्ण सेन स्मृति दिवस

 काठमाडौं । १९ औं कृष्ण सेन इच्छुक स्मृति दिवस बिहीबार पत्रकार तथा साहित्यकार शहिद कृष्ण सेन इच्छुकको सम्झना गरी मनाइँदैछ । कोरोनाभाइरसका कारण यषवर्ष औपचारिक कार्यक्रम भने राखिएको छैन । 

कृष्ण सेन इच्छुकको महेन्द्र पुलिस क्लबका २०५९ जेठ ६ गते गिरफ्तार गरी हिरासतमै चरम यातना दिएर हत्या भएको थियो । सेन हत्याको १९ बर्ष पुगिसक्दा पनि घटनाको सत्यतथ्य छानबिन हुन सकिरहेको छैन । हत्यारालाई कार्वाही हुन सकेको छैन ।

२०१३ मा भारतको देहरादुनमा जन्मिएका कृष्ण सेन इच्छुक जनदिशा दैनिकका प्रधान सम्पादक थिए । सेनको पुर्खयौली घर अर्घाखाँची जिल्लाको जलुकेमा पर्दछ । उनले प्रारम्भिक शिक्षा दिक्षा दाङको लालमटियामा लिएका थिए । सामान्य लाहुरे परिवारमा जन्मिएका इच्छुकले आफ्नो काव्य यात्राको थालनी दाङबाट प्रकाशित हुने ‘युगबोध’ समाचारपत्रबाट गरेका थिए ।

उनको व्यक्तित्व बहुआयामिक थियो । उनी पत्रकार र साहित्यकार मात्र होइन शिक्षक, र सचेत राजनीतिकर्मी पनि थिए । उनी एउटा जनपत्रकार र जुझारु क्रान्तिकारी योद्धा थिए ।

प्रतिक्रिया दिनुहोस