कारोना महामारी नियन्त्रणको लागि सरकारले सबै शक्ति प्रयोग गरेको छ  : राज्यमन्त्री मानन्धर

सफल खबर संवाददाता

बुधबार, १२ जेठ २०७८, १४ : ४२
कारोना महामारी नियन्त्रणको लागि सरकारले सबै शक्ति प्रयोग गरेको छ  : राज्यमन्त्री मानन्धर

file-photo

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कारोना महामारी नियन्त्रणको लागि सरकारले सबै शक्ति प्रयोग गरेको बताएका छन् । काठमाडौँको क्षेत्रपाटीस्थित निशुल्क चिकित्सालयमा भेन्टिलेटरसहित ३५ बेडको कोभिड अस्पतालको शुभारम्भ गर्दै मानन्धरले अक्सिजनको अभाव समाधान उन्मुख रहेको दाबी गरे ।

महामारिको दोस्रो लहर उत्कर्षमा केही दिन पुग्दा अक्सिजनको चरम अभाव देखिए पनि सरकारले निरन्तरको प्रयासपछि समस्या समाधान उन्मुख भएको मानन्धरको दाबी छ । 

मन्त्री मानन्धरले सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप दिलाउने अभियानमा सरकार केन्द्रीत भएको दाबी गर्दै अमेरिका, बेलायत, भारत र चीनलगायतका देशहरुसँग खोप उपलब्धताबारे निरन्तर संवाद भइरहेको बताए । 

कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र कोरोना उपचारका लागि व्यवस्थापन सहज पारिएको बताउँदै नागरिकलाई उपचारमा समस्या हुन नदिने प्रतिवद्धता जनाए । 


 

प्रतिक्रिया दिनुहोस