राष्ट्रपति भण्डारीद्धारा भारतीय समकक्षीलाई खोप उपलब्ध गराइदिन विशेष आग्रह

सफल खबर संवाददाता

बुधबार, १२ जेठ २०७८, १३ : १५
राष्ट्रपति भण्डारीद्धारा भारतीय समकक्षीलाई खोप उपलब्ध गराइदिन विशेष आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड १९ विरुद्धको खोप उपलब्ध गराइदिन भारतीय समकक्षी रामनाथ कोविन्दलाई विशेष आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले पहिलो डोज कोभिडसिल्ड खोप लगाएर बसेका नेपाली नागरिकलाई दोस्रो डोजको लागि आवश्यक मात्रा उपलब्ध गराउने कार्यकाल लागि पहल गरिदिन भारीय राष्ट्रपतिलाई पत्राचार गरेको स्रोतले जनाएको छ ।

नेपालमा मंगलबारसम्म २१ लाख १३ हजार जनाले पहिलो डोज खोप लगाएर दोस्रो डोजको प्रतिक्षामा छन् । भारतले यसअघि २० लाख डोज कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराइसकेको छ ।

बाँकी दश लाख डोज खोप आउन बाँकी छ । सिरम इष्टिच्युटले वर्ष २०२१ को अन्त्यबाट मात्र विदेशमा खोप निर्यात गर्ने भनेपछि नेपालले राष्ट्रपतिमार्फत विशेष पहल गरेको हो ।

राष्ट्रपति भण्डारीले भारतीय समकक्षीलाई पठाएको पत्रमा भारतमा महामारीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरिएको छ । त्यस्तै महामारीविरुद्ध आपसी सहकार्य गर्दै मिलेर लड्न आग्रह समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस