राष्ट्रपतिको असंवैधानिक निर्णय खारेज गर्न बार एशोसियसनको माग

सफल खबर संवाददाता

बुधबार, १२ जेठ २०७८, १२ : ००
राष्ट्रपतिको असंवैधानिक निर्णय खारेज गर्न बार एशोसियसनको माग

काठमाडौं । नेपाल बार एशोसियसनले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणालाई असंवैधानिक निर्णय भन्दै यसको अविलम्ब खारेजीको माग गरेको छ ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणी पौडेलले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ ९५० बमोजिम सरकार गठनको प्रक्रिया पूरा नगरी प्रतिनिधिसभा विघटन भएको भन्दै यसले संविधान नै संकटमा परेको बताएका छन् ।

बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि विपक्षी गठबन्धनले गरेको दावीलाई अनदेखा गरी केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने कार्य बदनियतपूर्ण रहेको दावी बारको छ ।बार अध्यक्ष श्रेष्ठ र महासचिव पौडेलले राष्ट्रपतिको निर्णय असंवैधानिक भएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस