चितवन । कोरोना संक्रमणका कारण चितवनमा मृत्यु हुनेको संख्या २०० नाघेको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका हुन् । स्वास्थ्य कार्यालय चितवनका तथ्यांक अधिकृत गीताञ्जली ढकालका अनुसार हालसम्म जिल्लामा २०६ जनाको मृत्यु भएको छ ।
तीमध्ये भरतपुर महानगरपालिका १३१ जनाको मृत्यु भएको हो । खैरहनी नगरपालिकाका ११, माडी नगरपालिकाका ७, रत्ननगर नगरपालिकाका २४, राप्ती नगरपालिकाका १८, कालिका नगरपालिकाका १३ र इच्छाकामना गाउँपालिकाका २ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।
जिल्लाका विभिन्न अस्पताल र होमआइसोलेसनमा उनीहरूको मृत्यु भएको हो । जिल्लाका अस्पतालमा बाहिरी जिल्लाबाट उपचार गर्न आउने संक्रमितको संख्यामा पनि ठूलो रहेको छ । उपचारका लागि बाहिरी जिल्लाबाट आएकाहरूमा २६४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
जिल्ला र बाहिरी जिल्लाका मृतकमध्ये ३२८ जनाको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । व्यवस्थापन गरिएका शव परिवारको सल्लाहमा पारिवारिक संस्कारअनुसार जलाउने वा गाड्ने गरिएको छ । मृतकमध्ये १३३ जनाको शव भने परिवारले नै व्यवस्थापन गरेका छन् ।
जिल्लामा हालसम्म १२ हजार ९७५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये ४ हजार ८३४ सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ४ हजार ६५८ होमआइसोलेसनमा रहेका छन् भने १६२ अस्पतालमा र १४ जना सामुदायिक आइसोलेसनमा रहेको ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ जेठ २०७८, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै