कम्युनिष्ट मिलेपछि कांग्रेसलाई पनि फाइदा भएको छ : प्रचण्ड

शुक्रबार, १५ मंसिर २०७४, १६ : २४
कम्युनिष्ट मिलेपछि कांग्रेसलाई पनि फाइदा भएको छ : प्रचण्ड

शरदपुर, मंसिर १५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकताले कांग्रेसलाई फाईदा भएको बताउनुभएको छ । भरतपुर ९ धारेचोकमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोध गर्दै उहाँले अहिले कांग्रेसमा फुटेर गएका मधेश केन्द्रीत दलहरु फेरी कांग्रेसमा आएकाले कांग्रेसलाई फाईदा पुगेको उहाँको भनाई थियो ।

“कम्युनिष्ट एकताको संकल्प भए सगै कांग्रेसले धन्यवाद दिनुको साटो जनतामा भ्रम फैलाएको छ ।” प्रचण्डले भन्नुभयो, ‘हामीले देशको विकासका लागि पाटीको एकिकरण गर्न लागेको भए पनि कांग्रेसले जनतालाई कम्युनिष्ट शासनको बारेमा गलत सन्देश फैलाउदै हिडेको छ । जबकि कम्युनिष्ट मिलेपछि कांग्रेस भित्रको गुट र अराजकता हराएर गएको छ । ‘कम्युनिष्टहरु देशको समृद्धि र विकासको पक्षमा रहेकाले तपाईहरु पनि मिल्नुस् भनेकै हो, विजय गच्छदार ,महन्थ ठाकुर, राजेन्द्र महतो र राजपासँग पनि मिल्नुस्  उहाँले भन्नुभयो, ‘जे जे नाम भए पनि सबै पाटी कांग्रेस नै हुन् । हामीले चाहेका छौ विजय, महन्थ ,राजेन्द्र र राजपासँग मिल्नुस् ।

अध्यक्ष प्रचण्डले प्रजातान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको नेपाली कांग्रेसले प्रतिगमन र राजतन्त्रको वकालत गर्ने राप्रपालाई समर्थन गर्नु दुखद भएको टिप्पणी गर्नुभयो । “कम्तिमा हलो नबोकि दिएको भए हुन्थ्यो” वहाँले भन्नुभयो, “यो क्षेत्रमा लोकतन्त्रका लागि लडेका थुप्रै आदरणीय कांग्रेसका नेताहरु थिए, उनीहरुलाई उम्मेदवार बनाएको भए मलाई पनि प्रतिष्पर्धा गर्न सजिलो हुन्थ्यो । जात नै नमिल्नेसँग साईनो गाँसेर भुल गर्नुभएको छ, अब यसलाई सच्च्याउनुस् ।”

प्रचण्डले देशका लागि योगदान दिएको, गिरिजाप्रसाद कोइरालाले देशको बागडोर सुम्पेर गएका नेतालाई रोज्ने कि राजावादी र मण्डले तथा गैर राजनीतिक व्यक्तित्वलाई भोट हाल्ने भन्ने कुराको छिनोफानो गर्न समेत कांग्रेसका कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो, “अब तपाईहरु आफै विचार गर्नुस्, प्रचण्ड र बिक्रम पाण्डेको तुलना गर्नुस्, दुबैले यो देशका लागि खेलेको भूमिकाको समिक्षा गर्नुस्, तपाईको् मनले जे सोच्छ त्यही सोच्नुस्”

 

प्रतिक्रिया दिनुहोस