काठमाडौं । नेपालमा यास नामक चक्रवातको प्रभाव आंशिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बंगालको खाडीमा आएको यो चक्रवातका कारण नेपालका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा भएको छ भने विभिन्न स्थानको मौसममा बदलीदेखि हिमाली भेगमा हिमपातसमेत भएको छ ।
बुधबार दिनभर प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशमा सामान्य बदली र बाकी भूभागमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान रहेको छ ।
प्रदेश १, प्रदेश २, बाग्मती, र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुका एक दुर्इ स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का हिमाली तथा उच्च पहाडी भूभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको छ।
यसैगरी राति प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुमा एक दुई स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ जेठ २०७८, ०७ : ४७
लेखकबाट थप