काठमाडौं उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर पनि बन्द

सफल खबर संवाददाता

मंगलबार, ११ जेठ २०७८, १७ : ५६
काठमाडौं उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर पनि बन्द

काठमाडौँ । काठमाडौं उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय गरिएको छ । 

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले किराना र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय गरेको हो । जेठ १४ गतेबाट लागु हुने गरी किराना पसल र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय गरिएको हो । 

काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी बैठकले साग–सब्जी पसल खोल्न पाइने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस