चितवनमा भिषण हावाहुरीसहित वर्षा

सफल खबर संवाददाता

मंगलबार, ११ जेठ २०७८, १२ : ३९
चितवनमा भिषण हावाहुरीसहित वर्षा

चितवन । चितवनमा भिषण हावाहुरीसहित वर्षा भएको छ । एक्कासी हावाहुरी चलेर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । जिल्लाका धेरै ठाउँमा विद्युत पनि कटौती गरिएको छ । चितवनमा आएको हावा हुरीका कारण राजमार्गमा रुखहरु ढलेका छन् ।

सडकमा सवारी सञ्चालन नभएकाले कुनै समस्या भने नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । देवघाट जाने सडक र चितवनको आपटाँडी सडकमा रुखका हाँगा भाँचिएका छन् भने देवघाटको बागेस्वरीमा विद्युतको पोल समेत ढलेको छ । 

चितवनमा पछिल्लो समय कहिले अत्याधिक गर्मी हुने त कहिले एक्कासी हावाहुरी चल्न थालेको छ ।

मौसम पूर्वानुमान महाशाखाले ‘चक्रवात यास’का कारण आज अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुने बताएको थियो । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएको हो ।

यो सिजनमा मेघगर्जन–चट्याङ–हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकाले सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस