एसियन कप क्वालिफायरको लागि इराक जाने नेपाली टोलीको पिसिआर नेगेटिभ

सफल खबर संवाददाता

मंगलबार, ११ जेठ २०७८, ११ : २४
एसियन कप क्वालिफायरको लागि इराक जाने नेपाली टोलीको पिसिआर नेगेटिभ

काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर र एसियन कप क्वालिफायरको लागि इराक जाने नेपाली फुटबल टोलीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार २३ खेलाडी र १२ अफिसियलको स्वाब संकल गरेर पिसिआर परीक्षण गराएको थियो । उनीहरूको रिपोर्ट नेगेटिभ आएको एन्फाले जनाएको छ ।

नेपाली टोली आज राति १० बजे कतार एअरवेजको विशेष उडानमार्फत् इराक प्रस्थान गर्दैछ ।कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसपटक नेपाली टिममा ६ नयाँ खेलाडीलाई राखेका छन् । गोलकिपर विशाल सुनार, डिफेण्डर गौतम श्रेष्ठ, मिडफिल्डर कमल थापा, सुरजज्यु ठकुरी, आयुष घलान र मनिस डाँऊी पहिलो पटक सिनियर टिममा परेका हुन् ।

नेपालको लागि अलमुताइरीको यो पहिलो टुर हुनेछ ।नेपाले यही जेठ १५ गते इराकसंग मैत्रीपूर्ण खेल खेल्नेछ र विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ । जहाँ नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ। समूह बीमा रहेको नेपाले यसअघि ५ खल खेल्दा १ जितबाट ३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस