काठमाडौं । इटालियन सिरी ए को सिजनको अन्तिम खेलमा बोलोग्नालाई ४–१ ले पराजित गर्दै युभेन्ट्स अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट भएको छ ।
अन्तिम खेलअघि पाँचौं स्थानमा रहेको युभेन्ट्सले जितसहित चौथो स्थानमा लिग सकायो । अर्को खेलमा नापोली भेरोनासँग १–१ गोलको बराबरीमा रोकिएपछि युभेन्ट्सलाई फाइदा पुगेको हो ।
युभेन्ट्सको जितमा अल्भारो मोराटाले दुई तथा फेडरिक चिएसा र एड्रिओन राबिओटले एक एक गोल गरे । स्टार खेलाडी क्रिस्टयानो रोनाल्डोलाई बेन्च राखेपनि युभेन्ट्सले सहज जित हात पारेको हो ।
युभेन्ट्सले ३८ खेलबाट ७८ अंक जोड्दै चौथो स्थानमा रह्यो । नापोली ७७ अंकसहित पाँचौ स्थानमा रहँदै युरोपा लिगको लागि छनोट भयो ।
यस्तै, अर्को खेलमा एटलान्टालाई २–० ले पराजित गर्दै एसी मिलान उपविजेता बन्दै च्याम्पियन्स लिगमा छनोट भएको छ । एसी मिलानले ७९ अंक जोड्यो । यसअघि नै च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेको एटलान्टाले ७८ अंक जोडेपछि युभेन्ट्सलाई हेड टु हेडका आधारमा पछि पारेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० जेठ २०७८, ११ : ५५
लेखकबाट थप