वाइसीएलद्वारा देशैभर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

सफल खबर संवाददाता

आइतबार, ०९ जेठ २०७८, २० : ५२
वाइसीएलद्वारा देशैभर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट भातृ संगठन वाइसीएलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । उनीहरुले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेको दावी गर्दै उनीहरुले त्यसको विरोधमा पुतला दहन गरेको वाइसीएलले जारी गरेको विज्ञप्तिम उल्लेख छ । 

काठमाडौं, भक्तपुर, ललितपुरलगायत देशैभरी पुतला दहन गर्ने कार्य भएको आईसीएलका अध्यक्ष राम प्रसाद सापकोटाले जानकारी दिए ।  उनले देशैभरिका क्रान्तिकारी देशभक्त र देशलाई माया गर्ने युवाहरुलाई आफ्नो ठाउँबाट यस्तो गलत प्रबृत्ति र ब्यक्तिको विरोध गर्न अपिल पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस