गण्डकी । गण्डकी प्रदेशमा थप ९४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशको मुस्ताङ बाहेका १० जिल्लाका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन परिक्षणमा ९४६ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५०३ जना पुरुष र ४४३ जना महिला रहेका छन् ।
गण्डकी प्रदेशमध्ये कास्कीमा सबैभन्दा धेरै २९५ र सबैभन्दा कम मुस्ताङमा २ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । उनका अनुसार कास्कीमा २९५,म्याग्दीमा १८१, गोरखामा १७१, बागलुङ ९५ स्याङजा ९०, तनहुँ ६१,पर्वत १८,नवलपरासी पूर्व २५,लमजुङ ८ र मुस्ताङमा २ जना संक्रमित भेटिएका छन ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४ हजार ५८२ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ जेठ २०७८, १८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै