पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ जना संक्रमणमुक्त भए

सफल खबर संवाददाता

आइतबार, ०९ जेठ २०७८, १७ : २०
पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ जना संक्रमणमुक्त भए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ९ सय १४ जना कोरोना संक्रमित थपिएका छन् भने १९३ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १८ हजार ९ सय ६५ पीसीआर र ९३१ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस