डडेल्धुरा । डडेल्धुराका अस्पतालमा विभिन्न सामाजिक सङ्घसंस्थाले अक्सिजन उपलब्ध गराउन थालेका छन् ।डडेल्धुरा अस्पतालमा कोरोना भाइरसका बिरामीको चाप बढेसँगै अक्सिजनको अभाव हुन थालेपछि जिल्लास्थित विभिन्न सामाजिक सङ्घसंस्था अक्सिजन उपलब्ध गराउन थालेका हुन् ।
अस्पतालमै रहेका अक्सिजन सिलिण्डरमा आफ्नै खर्चमा विभिन्न सङ्घसंस्थाले नेपालगञ्जबाट अक्सिजन भरेर अस्पताललाई दिने गरेका छन् । एक सातायता देखि अस्पतालमा विभिन्न सामाजिक सङ्घसंस्थाले पटकपटक गरी करीब ६० भन्दा बढी अक्सिजन सिलिण्डर भरेर उपलब्ध गराएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले जानकारी दिए ।
अक्सिजनको अभाव भइरहेका समयमा अस्पतालमा रहेका सिलिण्डर भरेर दिँदा उपचारमा सहज भएको निमित्त मेसु जगदीशचन्द्र बिष्टले बताए । जिल्लास्थित विभिन्न समाजिक संस्थामध्ये बोलन्या थली, नेपाल जेसिस, भक्तविवि हेल्पिङ हेन्ड्स एन्ड ह्युमानिटी फाउण्डेशनलगायतका संस्थाले सिलिण्डर सहयोग गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०९ जेठ २०७८, ११ : ४९
लेखकबाट थप