साईराम डेण्टलद्धारा नेपाल प्रेस युनियन चितवनलाई स्वास्थ्य सामग्री सहयोग

सफल खबर संवाददाता

शनिबार, ०८ जेठ २०७८, ११ : ००
साईराम डेण्टलद्धारा नेपाल प्रेस युनियन चितवनलाई स्वास्थ्य सामग्री सहयोग

चितवन । कोरोनाको कहरमा अग्रपंतीमा खटिने पत्रकारको स्वास्थ्य सुरक्षाको लागि साईराम डेण्टल प्रालिले नेपाल प्रेस युनियन चितवनलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नारायणगढमा रहेको साइराम डेण्टल प्रालिले उक्त स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

साइराम डेण्टलकी प्रवन्ध निर्देशक डा. सरु थापा न्यौपानेले अग्रपंक्तिमा रहेर जोखिम मोल्दै कार्य गरिरहेका  पत्रकारको लागि रिर्पोटिङमा  जान सहज होस भनि स्वास्थ्य सामाग्री सहयोग गरिएको बताईन् । साइराम डेण्टलले प्रेस युनियनलाई उपलब्ध गराएको स्वास्थ्य सामग्री अन्तर्गत ५ हजार मास्क, १ सय थान सेनिटाइजर सहयोग गरेको हो ।

उक्त स्वास्थ्य सामाग्री वरिष्ठ दन्त चिकित्सक डा. अजय न्यौपाने र साइराम डेण्टलकी प्रवन्ध निर्देशक डा. सरु थापा न्यौपानेले नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आर्चाय र प्रेस युनियन चितवन जिल्ला अध्यक्ष अनिल ढकाललाई हस्तान्तरण गरेका हुन् ।  सो अवसरका वरिष्ठ उपाध्यक्ष आर्चायले पत्रकारहरुका लागि गरिएको सहयोग निकै प्रशंसनिय रहेको बताए । प्रेस युनियन जिल्ला अध्यक्ष ढकालले स्वास्थ्य सामाग्रीका कारण कोरोना महामारीमा पनि  निरन्तर अग्रपंतीमा खटिने पत्रकारहरुलाई यि स्वास्थय सामग्री वितरण गर्ने बताए । 

कोरोनाको पहिलो लहरमा पनि युनियनले गत बर्ष पनि अग्रपंक्तिमा खटिने प्रत्रकारका लागि स्वास्थ्य सामाग्रीसंगै रातह वितरण गरेको थियो । त्यस्तै साइराम डेण्डलले भरतपुर अस्पताललाई  समेत १० थान अक्सिजन सिलिण्डर, १ सय थान पिपिइ लगाएत स्वास्थ्य सामाग्री सहयोग गरिसकेको छ । त्यस्तै, डेण्टलले जिल्ला प्रहरी कार्यालय चितवनलाई पनि स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । 

प्रतिक्रिया दिनुहोस