नवलपरासी । सङ्घीय सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अभिषेकप्रताप शाह सवार कार दुर्घटना भएको छ । नवलपरासी बर्दघाट–सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित दुम्किबास बजारमा कार दुर्घटना हुँदा साहसहित तीन जना सामान्य घाइते भएका छन्।
कपिलवस्तुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाह काठमाडौँ जाने क्रममा बा १५च ७५२३ नम्बरको कार अनियन्त्रित भई आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा शाहका स्वकीय सचिव सूर्यप्रताप शाह र चालक महेशकुमार पासवानसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेपछि सिर्जित राजनीतिक अवस्थाका कारण उनि गृह जिल्लाबाट काठमाडौँ जान लागेको बुझिएको छ ।दुर्घटनाबाट सामान्य घाइते भएका तीनै जानको स्थानीय मेडिकलमा उपचारपश्चात सांसद शाह र उनको स्वकीय सचिव शाह अर्को गाडी खोजेर काठमाडौँ गएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०७ जेठ २०७८, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा कार दुर्घटना: २ नेपालीको मृत्यु, एक घाइते
डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु
सांसद अब्दुल खान चढेको कार दुर्घटना
कार दुर्घटनामा श्रीलङ्काका पूर्वकप्तान घाइते, अस्पताल भर्ना
चित्लाङ जाँदै गरेको कार दुर्घटना, चार जनाको मृत्यु
थानकोट–चित्लाङ सडकमा कार दुर्घटना, ४ जनाको मृत्यु